-->
सिंहदरबार गेटमा छड्के, एक सय २७ कारबाहीमा

पोसाक भत्ता लिने तर तोकिएको पोसाक नलगाउने निजामति सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले सोमबार पनि छड्के जाँच गरेको छ । प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका हुन् ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको हो । आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी बिनापोसाक कार्यालय आएको पाइएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.