काठमाडौँ ९ चैत । नेपालका सुरक्षाकर्मीले युद्ध लड्नु पर्दैन । माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन । यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नुपर्ने हो । तर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई वेवास्ता गर्दै जागिर छाड्ने क्रम जारी छ ।
सशस्त्र प्रहरीका जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए । थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाक्थ्इो । जीवनभर पेन्सन खान पाउँथे ।पर्वत कुश्माका स्थायी बासिन्दा गिरीले सुरक्षा अंगमा कार्यरत रहँदा हतियार चलाउने ड्रिल, बिल्ला वार, म्यापरिडिङलगायत तालिम लिएका छना् । राज्यले पैसा खर्चेर उनलाई तालिम दिएको छ ।
नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार पार्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् । आजको नागरिक दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...