-->
आज दिन र रात बराबरी हुने

काठमाडौं, चैत ७ । आज सूर्य भु–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले दिन र रात बराबरी हुन्छ ।

आजको दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ र ज्योतिष शास्त्रमा विषुवत् भनिन्छ । ज्योतिष डा. सुनील सिटौलाका अनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन हो ।


डा.सिटौलाका अनुसार आज ध्रुव वाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ ।

सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ । 




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.