-->
इलाममा एक हजार ८४५ मतदाता थपिए

इलाम जिल्ला निर्वाचन कार्यालयले फागुन दोस्रो सातादेखि सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमअन्तर्गत एक हजार ८४५ मतदाता थपिएका छन्। 
 
जिल्लाको ३० गविसमा फागुन १६ गतेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रमबाट एक हजार ११६ जना पुरुष र १२९ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी खेम राईले जानकारी दिए।  
 
विविध कारणले विगतमा सञ्चालित तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका, विदेश गएकाका लागि लक्षित गरेर पुनः नामावली सङ्कलन गरिएको थियो। 
 
छुट भएकालाई जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मङ्गलबारेमा पनि फोटो खिचाउन सक्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 
 
इलाममा एक लाख ८१ हजार ६८४ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन्। जसमा पुरुष ९२ हजार ६७९ जना, महिला ८९ हजार तीन जना र २ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। 
 
जिल्लाका अन्य गाविस र नगरपालिकामा भने घुम्ती शिविरमार्फत नै नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ। रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.