-->
प्रधानसेनापति पनि चीन जाँदै

काठमाडौं : भारत पछि चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएकै लगत्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि चीन जाँदै छन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नु अघि भारतीय स्थल सेनाध्यक्षको मानार्थ दज्र्यानी चिन्ह ग्रहण गर्न देल्ली गएका बेला प्रधानसेनापति क्षेत्रीले महत्वपुर्ण भेटघाट गरेका थिए । 

प्रधानसेनापति क्षेत्रीको भारत भ्रमणले त्यस लगत्तै भएको प्रधानमन्त्री ओलीको भ्रमणको वातावरणलाई सहज बनाएको धेरैको बुझाइ थियो । चिनिया जनमुक्ति सेनाको निमन्त्रणमा प्रधानसेनापति क्षेत्री प्रधानमन्त्री ओली चीनबाट फर्किने दिन चीन जाने स्रोतले वताएको छ । रक्षा मन्त्रालयका प्रवक्ता सुर्यकान्त पन्थीले प्रधानसेनापति क्षेत्रीको चीन भ्रमण स्विकृत भएको वताए ।
 
प्रधानमन्त्री ओली चैत्र १४ गते नेपाल फर्कने छन । प्रधानमन्त्री फर्किएकै दिन वा भोलीपल्ट जाने भन्ने विषयमा छलफल भइरहेको स्रोतले वताएको छ । सैनिक मुख्यालयले प्रधानसेनापतिको चीन भ्रमणबारे औपचारिक जानकारी नदिए पनि भ्रमणका बेला उठाउनु पर्ने एजेण्डाहरुको बारेमा छलफल गरिरहेको स्रोतले वताएको छ । 
 
सैनिक प्रवक्ता तारा वहादुर कार्कीले प्रधानसेनापति क्षेत्रीको चीन भ्रमणबारे तयारी भइरहेको वताए । प्रवक्ता कार्कीले अन्नपुर्णसँग भने, ‘ सेनापतिज्युको भ्रमणको ‘डेट प्रपोज’ भएको छ । त्यसबारे छलफल भइरहेको छ ’।
 
प्रधानमन्त्रीको भ्रमण लगत्तै हुन लागेको प्रधानसेनापतिको चीन भ्रमणलाइ अर्थपुर्णरुपमा हेरिएको छ । चीन रहेका बेला क्षेत्रीले त्यहाँका उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने स्रोतले वताएको छ ।
 
साथै उनले चिनिया जनमुक्ति सेनाका महत्वपुर्ण तालिम केन्द्रहरुको भ्रमण गर्ने छन । प्रधानसेनापति क्षेत्रीको चीन दोस्रो विदेश भ्रमण हो । भारतसँग चिसिएको सम्वन्ध सुधार्न सहज हुने अपेक्षामा प्रधानमन्त्री ओलीले आफनो भ्रमण अघि नै प्रधानसेनापतिलाई भारत भ्रमणमा जान सुझाएका थिए । 
 
‘भारतीय पक्षले समेत प्रधानमन्त्रीको चाहाना बुझेर प्रधानसेनापतिलाई स्थल सेनाध्यक्षको मानार्थ दिने समारोह पनि त्यही बेला तोकिदिएको थियो , स्रोतले भन्यो । भ्रमण क्रममा द्धिपक्षिय सहयोग, तालिम ,आर्थिक सहायता लगायत विषयमा छलफल हुने मन्त्रालय स्रोतले जनााएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.