-->
चितवन मेडिकल कलेजमा झडप, तीन प्रहरी घाइते

चितवन, चैत ९ । चितवन मेडिकल कलेजको बहिरङ्ग सेवा बन्द गराउन खोेज्ने मजदुर कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजको अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घ मूल एकाइ समितिले आज बिहान ८ बजे अस्पतालको बहिरङ्ग सेवा
बन्द गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सामान्य झडप भएको हो ।

घाइते प्रहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ ।

चितवन मेडिकल कलेजमा कार्यरत मजदुर गत माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । उनीहरुलाई दिनहुँ नियन्त्रणमा लिएर प्रहरीले सेवा सञ्चालन गराउँदै आएको थियो । प्रहरीले बिहान नियन्त्रणमा लिने र साँझ छोड्ने गरेको थियो ।

समितिले श्रम ऐनअनुसारको तलब सुविधा दिनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, स्थायी नियुक्ति दिनुपर्ने, दसैंभत्ता दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । (रासस)



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.