काठमाडौं, चैत ७
हुने नहुने अन्योलका बीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नामिवियाविरुद्धको खेल नेपालमै गराउने निर्णय गरेको छ ।
आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण नेपालमै हुने नहुने अन्योल थियो । नमिविरुद्धको खेल आगमी वैशाख ४ र गते हुनेछ ।
आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो । बन्दुलावर्नापुराले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि उनले खेल नेपालमै हुने जानकारी गराए ।
विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत नेपालले यसअघि दुई चरण खेलिसकेको छ । सबैमा नेपाल पराजित भएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...