भत्ताको माग गर्दै सर्वोच्चसहित मुलुकभरका अदालत ठप्प
काठमाडौँ- अतिरिक्त भत्ताको माग गर्दै कर्मचारीहरूले देशभरका अदालतहरू ठप्प पारेका छन् ।५० प्रतिशतसम्म प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चसहित मुलुकभरका अदालतका कर्मचारीहरू विगत केही दिनदेखि आन्दोलनमा थिए ।
आज अदालत खुल्नु अगावै कर्मचारीहरूले अदालत ठप्प पारेको राष्ट्रिय कर्मचारी संगठनका हरि भट्टराईले बताउनुभयो । आज बिहान ९ बजेदेखि अतिरिक्त काम गर्दै आए पनि सरकारले दिने भनेको प्रोत्साहन भत्ता नदिएपछि आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...