पूर्वराजा ज्ञानेन्द्रलाई जिल्याउने को हो ?
काठमाडौं –गद्दिच्युत भएको रातदेखि नै राजतन्त्र पुनस्र्थापनाका लागि भिडेर लागेका पूर्वराजा ज्ञानेन्द्र शाह विदेशी शक्तिहरुसँग आजित र आक्रोशित हुन थालेको बुझिएको छ । कांग्रेसको १३ औं महाधिवेशनमा राजावादी रुझानका नेताहरुको हालीमुहाली भए पनि राजतन्त्र पुनस्र्थापना यिनको भरमा नभएर अरुकै भरमा हुने पूर्वराजा ज्ञानेन्द्र शाह निकटहरुले बताउन थालेका छन् ।
राजतन्त्र पुनस्र्थापनाका लागि शाहले लामो समयदेखि नै स्वदेश र विदेशमा समेत होसीयारीपूर्वक अभियान चलाइरहेका छन् । यसका लागि उनले खुलाभन्दा धेरै गुप्त कूटनीतिक अभियान चलाइरहेका छन् । यही कारण उनी सन् ०१५ र ०१६ मा गरी आधा दर्जनपटक थाइल्यान्ड पुगिसकेका छन् । छोरा पारसलाई भेट्न नभएर उनी अरु नै गुप्त कामका लागि थाइल्यान्ड जाने गरेको बुझ्न गाह्रो छैन । काठमाडौंमा हुँदा छोरा भेट्न नपर्ने, थाइल्यान्डमा किन भेट्न पर्ने ? जानकारहरु प्रश्न गर्छन् । पूर्वमहाराजा ज्ञानेन्द्र शाहको भ्रमणको विशेषता के हुने गरेको छ भने उनी थाइल्यान्ड जान्छन् र फर्कंदा नयाँ दिल्ली भएर फर्कन्छन् । भारतमा कांग्रेस आइ सत्तारुढ हुँदा नेपाली नेताहरुले सोनिया गान्धीलाई भेट्न सक्दैनथे तर ज्ञानेन्द्र शाहले डिनर मिटिङ गरेका थिए ।
थाइल्यान्डमा उनले चिनियाँ र भारतीय शक्तिकेन्द्रका विशेष प्रतिनिधिहरुसँग वार्ता गर्ने गरेको बताइन्छ । केही जानकार स्रोतहरुको दाबी छ – राजतन्त्र पुनस्र्थापना सम्बन्धमा ज्ञानेन्द्र शाहले दिल्लीमा पाँचपटक वार्ता गरिसकेका छन् । यस्ता वार्ताबाट उनी उत्साहित हुँदै नेपाल फर्किने, उनका वरिपरिका पनि उत्साहित भएर राजतन्त्र फर्किन्छ भन्दै हिँड्ने गर्थे । तर, हरेक पटकको विशेष भेटघाट, वार्तापछि आश्वासन कार्यान्वयन गर्ने भन्दा पनि पूर्वमहाराजा ज्ञानेन्द्र शाहलाई अलमलाएर राख्ने काम मात्र भएको निकटकाहरुले बताएका छन् । दर्जनौं पटक विशेष भेटघाट र वार्ता गरेर ज्ञानेन्द्र शाहलाई हिस्स पार्ने छिमेकी मित्र राष्ट्रका शक्तिहरु अनुमान लाउन सकिए पनि त्यस्ता पात्रहरु भने पर्दा पछाडि नै छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...