होलीका क्रममा ११४ सवारी साधन प्रहरीको नियन्त्रणमा, चार जनाविरुद्ध मुद्दा दायर
गर्ने तयारी
काठमाडौं, चैत ९ । होलीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले महानगरीय प्रहरीले एकीकृत सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ । सुरक्षा योजना अन्तर्गत उपत्यकाका ५५ स्थानहरुमा महानगरिय प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकिङ भइरहेकोे छ । बिहानैदेखि चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ११४ वटा सवारी साधनलाई ट्राफिक -
प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चालक अनुमति पत्र साथमा नभएका ७५ जना, दुई पाङ्ग्रे सवारी साधनमा ३ जना राख्ने २१ जना, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने ३ जना, लापरवाहीका साथ सवारी साधन चलाउने ३ जना, हेल्मेट नलगाउने ३ जना लगायतका कसुर गर्ने चालकका सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी साधन काठमाडौँको जनसेवा, कमलपोखरी, बुढानिलकण्ठ, कलंकी र भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी, लागुपदार्थ सेवन गर्ने, जबरजस्ती रङ लगाइदिने, लोला हान्ने र स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका रासायनिक पदार्थ मिसिएको पानी छ्याप्ने ४ जनालाई काठमाडौंको बानेश्वर र धुम्वाराही क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सार्वजनिक मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...