काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल–चीन स्वतन्त्र ब्यापार लगायत १० वटा सम्झौता भएको छ । प्रधानमन्त्री ओली र उनका चीनियाँ समकक्षी लि खछियाङबीच भेटवार्ता भएपछि दुई देशबीच पारवहन सम्झौता पनि भएको छ । पारवहन, स्वतन्त्र ब्यापार लगायत १० बुँदे सम्झौता भएपछि नेपालको बैदेशिक मामिला र भूराजनीति सम्बन्धमा नेपालले अहिलेसम्मकै ठूलो फड्को मार्न पुगेको छ । भारतले इतिहासदेखि अहिलेसम्म नेपालमाथि पटक पटक नाकाबन्दी गरेर अप्ठेरो पार्दै आफू अनुकुलको राजनीतिक कोर्ष निर्माण गर्न दबाव दिंदै आएको थियो । इतिहासका विभिन्न कालखण्डमा नेपाल चीन पारवहनको प्रयास भए पनि त्यसको असरस्वरुप सरकार र राजनीतिक ब्यवस्था नै परिवर्तन हुँदै आएका थिए । भारत र चीन नेपालका समान छिमेकी भए पनि चीनसँग स्वतन्त्र ब्यापार र पारबहन सम्झौता हुन नसक्दा नेपाल भारतप्रति पूर्ण निर्भर हुनु पर्ने र भारतले आफ्नो निर्भरतालाई नै नेपालमा आफ्ना स्वार्थ लाद्ने हतियार बनाउँदै आएको थियो । पारवहन सम्झौतापछि आयात निर्यातमा भारतको एकल निर्भरता तोडिएको छ । चीनसँगको पारवहन सम्झौतापछि नेपालले चीन हुँदै समुद्रसँग जान पाउने भएको छ भने यसलाई इतिहासदेखि अहिलेसम्मकै नेपालको हित अनुरुपको सम्झौता मानिएको छ । तत्कालीन राजा महेन्द्र र बीरेन्द्रकै पालामा पनि पारवहन सम्झौताको प्रयास भएको थियो । तर, चीनसँगको निकट सम्बन्धलाई अवरोध गर्न प्रयोग गरिएका भूराजनीतिक अस्त्रले नेपालमा सरकार मात्रै होइन राजनीतिक ब्यवस्था नै परिवर्तन हुँदै आएका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता अनुसार अब नेपाल चीनबीच स्वतन्त्र ब्यापारको बाटो पनि खुलेको छ भने दुई देशबीच सडक सञ्जाल पनि बन्नेछन् । यस्तै नेपालमा चीनियाँ र चीनमा नेपाली बैंकले खाता सञ्चालन पनि गर्न पाउने भएका छन् । नेपालमा प्रमुख तीन स्थानमा पेट्रोलियम भण्डारण बनाउन चीनले सहयोग गर्ने भएको छ । यस्तै केरुङदेखि लुम्बिनीसम्मको रेलमार्गको पनि तयारी भएको छ । जसले नेपालको विश्व बजारसम्मको पहुँच स्थापना गर्न पाउने भएको छ । प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्रीबीच सोमबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा पनि छलफल भएको छ । ‘दुई देशका प्रधानमन्त्रीवीच नेपालको विकासमा चीनले पुर्याउने सहयोगका विविध पक्षमा छलफल भयो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता पनि सम्पन्न भएको छ । वार्ताका क्रममा सम्झौताका साथै पत्राचार पनि भएको छ ।’ नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्रव्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडानगर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् । त्यसअघि प्रधानमन्त्रीलाई चिनिया सेनको एक टुकडीले तोप पडकार सलामी अर्पण गर्नुका साथै भव्य स्वागत गरिएको थियो ।
तत्कालीन राजा महेन्द्रले गर्न नसकेको काम कसरी गरे ओलीले ?
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...