कपिलवस्तुमा अर्काे पुरातात्विक संरचना फेला
कपिलवस्तु– कपिलवस्तु संग्रहायलयको हाताभित्र नयाँ भवन निर्माणका क्रममा पुरातात्विक संरचना फेला परेको छ।
भवन निर्माणका लागि जग खन्दा डेहरी आकारको संरचना फेला परको हो। संग्राहलयको प्रदर्शनी हल निर्माणका लागी जग खन्ने क्रममा दक्षिण पश्चिमको जगमा करिब ५ फुट वृत्तको गोलाकार ईंटाजस्तो देखिने माटोको भकारी आकारको पुरातात्विक संरचना भेटिएको संग्रालयका कर्मचारी शंक धितालले बताए। ढेड फिटको गहिराईमा सो वस्तु फेला परेको थियो। भेटिएको वस्तु बारे आफूले पुरातत्व विभागलाई जानकारी गराएको धिताले बताए। सोलगत्तै पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागले भवन निर्माण कार्य रोक्न निर्देशन गरेको थियो।
भेटिएको वस्तु पुरातात्विक हिसाबले महत्वपूर्ण सामाग्री रहेको विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए। भेटिएको संरचना कुसानकालिन (ईसा दोस्रो) शताब्दीको भएको हुन सक्ने प्रारमिभक आकलन गरिएको कुँवरले जनाए। सो बिषयमा पुरात्व बिभागले आवश्यक अनुसन्धान गर्नका लागि जमीनको गहिराईको डिपोजिट हेर्न गरिने अगरकरिग र उत्खनन गरि संरचनाको बारे जानकारी लिन पुरात्वको टोली खटाईएको बताए। प्रारम्भिक अनुसन्धान र अन्बेषण पछि संरचना फेला परेको स्थान भन्दा १५ फुट दुरीमा सारी भवन निर्माण कार्य अघि बढाईने छ।
३ दशकअघि बनेको संग्रहालय जीर्ण बने पछि पुरातत्व विभागले नया" आधुनिक संग्रहालय बनाउन लागेएको हो । १ सय ३१ फीट लम्बाई र ८१ फीट चौडाईको संग्रहालय भवन बनाउन थालिएको छ। ४ करोड ३२ लाखको लागतमा २ वर्ष भित्र निर्माण गर्ने गरि सानो सुवाल, ड्रयागन र एसबी जेभी भक्तपुरले भवन निर्माणको ठेक्का सकारेको छ। संग्रहालय भवनसंगै साईकल, मोटरसाईकल राख्ने पार्किङ्ग स्थल र क्याण्टिन पनि बन्ने बताइएको छ। जिल्लाका पुरातात्विक र ऐतिहासिक ठाउमा उत्खनन् गरेर पाईएका महत्वपूर्ण सामग्री राखिने छ। त्यस्तै बुद्धका जीवनगाथा र उत्ती बेलाका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक वस्तु प्रर्दशन गरिने छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...