तत्कालीन राजा ज्ञानेन्द्र शाहले ३ हप्ता लामो विदेश यात्रामा नेपाली जहाज प्रयोग गरेका थिए, जसबाट नेपाली जहाजको नियमित उडान प्रभावित भएको थियो । धेरै नेपालीको कतार, मलेशिया लगायतको उडान रद्द हुँदा उनीहरुले ठुलो कस्ट बेहोर्नु परेको थियो र दीर्घकालसम्म नेपाली जहाजलाई आफ्नो नियमित तालिकामा फर्कन समस्या भएको थियो ।
प्रधानमन्त्री वा राष्ट्रपतिले चड्दा नेपाली जहाज मालामाल हुने भए आज हामी थाई एयर, कतार एयर सरह हुने थियौं । यसको अर्थ सरकार वा राष्ट्रप्रमुखले राष्ट्रियध्वजबाहक विमान प्रयोग गर्नु हुँदैन भन्ने हैन । तर, त्यसको दोहन मात्र गर्ने हैन कि सुधार पनि हुनुपर्छ र नेपाल एयरको सुधार हुनुपर्छ त्यसमा दुबिधा रहेन ।
कसरी सुधार गर्ने त नेपाल एयरको व्यावसायिक दक्षता ? यो हाम्रो महत्वपूर्ण सवाल हो । मेरो बिचारमा राज्यले आफ्नो केही स्वामित्व राख्दै नेपाल एयरको व्यवस्थापनको जिम्मा क्षेत्रका बिनोध चौधरी, शेष घले वा अन्य कोही एवं बिदेशी कम्पनीलाई हस्तान्तरण गर्दा हुन्छ, जहिले नेपाल एयर नेपालको झण्डा फहराउदै संसारभर उडान भर्न सफल जब हुन्छ त्यतिबेला हाम्रो राष्ट्रियता अझ बलियो हुनेछ, हामी ढुक्क बनौ जबसम्म नेपालबाट एयर कनेक्टिभिटी बढाउन सकिन्न पर्यटन क्षेत्र मात्र होइन नेपालको बिकास सम्भब छैन ।
कुनै कम्पनीलाई नेपाल एयर केही समय निश्चित मापदण्डमा दिदा पनि केही बिग्रने छैन, संसारमा प्रशस्त उदाहारण छन् । सरकारको लगानी रहेको जाहाज अर्को देशसंगको सहकार्यमा संचालित भएका छन् । नेदरल्याडको राष्ट्रिय ध्वजबाहाक केएलयम र फ्रान्सको ध्वजवाहक मर्ज गरी के एल एम एयर फ्रान्स भएको छ । आज उनीहरु युरोपको प्रमुख मार्केट कब्जा गर्छन ।
त्यस्तै जातीय दंगाग्रस्त मुलुक ईथियोपिया हेरौ ईथियोपियन एयर संसारकै उत्कृष्ट दशौंभित्र पर्छ त्यो पनि सहकार्यमा नै संचालित छ । किन हामी नेपाल एयर बिदेशी कम्पनीसंग साझेदारी गर्न सक्दैनौं ? किनकि संसारमा कहीं नभएको राष्ट्रवादी हौ हामी नेपाली अनि बिरोधमा उत्रिहाल्छौ ।
नेपाल जस्तो मुलुकमा यदी कोही विदेशीले नेपाली झण्डा फहराई हवाई सेवा संचालन गर्छ भने खुशीसाथ अनुमति दिनुपर्छ, हिमालयन एयर जहाँ जसरी आयो स्वागतयोग्य छ, जबसम्म सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दैन मुलुकमा लागानी बढ्ने छैन ।
म त भन्छु प्रधानमन्त्रीले निःशुल्कमा हिमालयन एयरबाट उडान गरेर नेपाली जनताका छोरा छोरीको कतार मलेसियाको उडान प्रभावित गराएनन् अनि निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपे । नेपाल एयरको करोडौं बचाए यस बापत केपी ओलीलार्इ धन्यबाद दिनुपर्ने हुन्छ । यहाँ त उल्टै आकाश खस्यो जस्तो पो गरिन्छ, बुझिनसक्नु छ हामी नेपाली को बिरोध गर्ने शैली ।
(सापकोटा नेपाल पर्यटन वोर्डका सदस्य हुनुहुन्छ)
0 comments
प्रतिक्रिया दिनुहोस्...