-->
विश्वकै पहिलो 'सोलार एयरपोर्ट' भारतमा

भारतको केरलास्थित कोचीँ अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सौर्यउर्जाबाट संचालन हुने विश्वकै पहिलो विमानस्थल बनेको छ। 
 
विमानस्थलका म्यानेजर जोस थोमसले विद्युतको महसुलबाट हैरान भएर तीन वर्ष अघिदेखि सोलार प्यानल जाड्ने काम गरेको बताएका छन्।
 
४५ एकडमा करिब ४६ हजार सोलार प्यानल जोडिएका छन् र यसबाट प्रतिदिन ५० हजारदेखि ६० हजार यूनिट विद्युत उत्पादन हुने बताइएको छ। 
 
यसले अागामी २५ वर्षमा ३० हजार टन कम कार्बन उत्सर्जन गर्ने अाशा अधिकारीहरुले गरेका छन्। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.