४३ वर्षमा ३५ बच्चालाई जन्म दिएका यि डाक्टर भन्छन् ‘१ सय बच्चा जन्माउने उदेश्य छ’
काठमाडौँ । पाकिस्तानको क्वेटाका जान मुहम्मद अहिले ४३ वर्षका भए । तर उनका ३५ वटा बच्चाबच्ची छन् । डन डट कमको एक रिपोर्ट अनुसार जानले ३ वटी पत्निबाट २१ वटी छोरी १४ वटा छोरा जन्माएका छन् । अबको उनको उदेश्य हो १ सय वटा बच्चाबच्ची बनाउने । जॉन मुहम्मद पेशाले चिकित्सक र व्यबसायी हुन् ।
जान भन्छन् भगवानको कृपाले ठूलो परिवारलाई पनि खर्चले धान्न सफल भएको छु, र आश छ १ सय बच्चाबच्ची जन्माईसक्दा पनि उनीहरुको रेखदेखमा कुनै आर्थिक समस्या हुने छैन । उनले आफ्नो परिवारका लागी मासिक एक लाख गर्च गर्दै आएको बताएका छन् ।
जानकी २ वटी श्रीमतीले पछिल्लो हप्ता मात्रै दुई वटा बच्चालाई जन्म दिएका छन् । जान मुहम्मद की ठूली छोरी १६ वर्षकी भएकी छिन् । जानले आफ्ना सन्तानलाईए उच्च शिक्षा दिन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...