जीतनजिक पुगेर भारतसँग हार्यो बंगलादेश/भारत १ रनले बिजयी ।
काठमाडौंः आईसी विश्व टी–२० अन्तरगत बुधबार राति भएको भिडन्तमा बंगलादेश जित नजिक पुगेर पनि भारतसँग पराजित भएको छ।
बलियो प्रतिद्वन्द्वी भारतलाई उसैको घरेलु मैदानमा कडा टक्कर दिएको बंगलादेशले अन्तिम अवस्थामा रन बनाउन चुक्दा पराजित हुन पुग्यो ।
एम चिन्नास्वामी स्टेडियममा भएको रोमाञ्चक खेलमा बांग्लादेशलाई हराएपछि भारतले सेमीफाइनलको सम्भावनालाई जीवितै राखेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रेको भारतले बंगलादेशलाई जितका लागि १४७ रनको लक्ष्य दिएको थियो। जवाबमा उत्रेको बांग्लादेशको २० ओभरको समाप्तिमा नौ विकेट गुमाउँदै १४५ मै समेटियो । म्याचको निर्णय अन्तिम ओभरको अन्तिम बलमा भएको हो ।
बांग्लादेशको टीमबाट तमीम इकबालले सबैभन्दा धेरै ३५ रन बनाए । सब्बीर रहमानले २६ रनको योगदान दिए । भारतको तर्फबाट अन्तिम ओभर फ्यालेका हार्दिक पन्ड्या, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले समान दुई-दुई विकेट लिए । अश्विनलाई उनक बलिङका लागि म्यान अफ द म्याच घोषित गरियो।
जारी प्रतियोगितामा भारतको यो दोस्रो जीत हो । पहिलो म्याचमा न्यूजील्यान्डसँग हारेपछि दोस्रो म्याचमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
अर्कातिर बांग्लादेशको यो लगातार तेस्रो हार हो । यसअघि बंगलादेश पाकिस्तान र अस्ट्रेलियासँग पराजित भइसकेको छ। भारतले बैंगलोरको स्लो पिचमा पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४६ रन बनायो ।
पहिले ब्याटिङ गर्दैै ७ विकेटको क्षतिमा पुरै २० ओभर खेलेर भारतले १४७ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको बंगलादेश एक बलमा दुई रन चाहिएको अवस्थामा पराजित हुन पुग्यो ।
बंगलादेशले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएपछि भारतलाई एक रनले नतिजा सुम्पन पुगेको हो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...