काठमाडौं, ६ चैत । काठमाडौं विश्व प्रदुषण सुचकांकमा विश्वको तेस्रो प्रदुषित शहरको रुपमा सूचीकृत भएको छ भने एशियाको सबैभन्दा प्रदुषित शहरको रुपमा सूचित भएको छ ।
विश्व प्रदुषण सुचकांकमा जनाइए अनुसार काठमाडौं विश्वकै तेस्रो र एसियाको पहिलो प्रदुषित शहर बन्न सफल भएको छ ।
एशियाको प्रदुषित शहरको सूचीमा राजधानी काठमाडौं पहिलो नम्बरमा परेको छ । मनिला, दोस्रो र नोयडा तेस्रो स्थानमा छन् । बेइजिङ १३ औं नम्बरमा परेको छ । यो सूचीको सबैभन्दा पुछार अर्थात ७४ औं नम्बरमा जापानको टोकियो शहर परेको विश्व प्रदुषण सुचकांकमा प्रकाशित गरिएको छ ।
विश्वकै प्रदुषित शहरको सूचीमा तेस्रो स्थानमा परेको काठमाडौं शहरले ९६.६६ अंक पाएको छ । सबैभन्दा प्रदुषित शहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो परेका छन्। दुबैको अंक ९९ प्लस अंक पाएका छन् ।
प्रदुषण सूचाकांकमा आधारमा काठमाडौंसँगै भारतका दुई शहर विश्वकै मुख्य १० प्रदुषित शहरको सूचीमा छन् । काठमाडौंसँगै भारतको नोयडा विश्वकै छैठौं र राजधानी दिल्ली आठौं प्रदुषित शहरका रुपमा सूचीकृत भएका छन्।
छिमेकी मुलुक भारतको नोयडा छैटौं, चीनको ग्वान्झाओ सातौं स्थान र भारतकै दिल्ली आठौं नम्बरमा छ । विश्वमै प्रदुषित शहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाओलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८ औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...