-->
प्रहरी हान्यो आकाशमा गोली, मारिए जमीनका दस गाउँले

एजेन्सी: भारतको असमस्थित तिनसुकियामा जिल्लामा आज भएको एक प्रदर्शनका क्रममा प्रहरीले गरेको हवाई फायरबाट १० जना मारिएका छन् । 
 
लाठी र हसिँयासहित आन्दोलनमा उत्रेका स्थानीयबासीले प्रहरी कार्यालयमा आक्रमण गरेपछि हिंसा भड्किँदा प्रहरीले हवाई फायर गरेको थियो । 
 
झडपले उग्ररुप लिएपछि प्रहरीले स्थानीयलाई भगाउन हवाई फायर गरेको थियो । तर, हवाई फायर गर्दा निस्केको गोली लागेपछि बिजुलीको हाइटेन्सन तार छिनेर भुइँमा झर्यो । 
 
प्रहरीको गोलीबाट छिनेर झरेको तार सयौंको संख्यामा रहेका प्रदर्शनकारीमाथि खसेपछि १० जनाको घटनास्थलमै ज्यान गयो भने अन्य १६ जना घाइते भए । 

यो घटनाबारे असम राज्यका डीजीपीले पनि स्वीकार्दै सबैजना घाइतेलाई अस्पताल भर्ना गरेको जनाएका छन् । 
 
प्रहरीले हवाई फायर गर्ने क्रममा केही गोली बिजुलीको हाईटेन्सन तारमा चुँडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
करेन्टसहितको बिजुलीको तार झरेपछि नौजनाले घटनास्थलमै ज्यान गुमाए भने एकजनाको तिनसुकिया अस्पतालमा मृत्यु भयो । 
 
यो घटनापछि त्यहाँ अर्धसैनिक दस्ता र अतिरिक्त पुलिस बललाई ठूलो संख्यामा परिचालित गरेको छ । 
 
पुलिसका अनुसार एक हत्याको घटनामा गिरफ्तार भएका आरोपीलाई आफूहरुमाझ जिम्मा लाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रेका थिए । 
 
उनीहरुले हत्यारलाई आफैँ दण्डित गर्ने भन्दै हत्यामा संलग्न भनिएकालाई निकाल्न प्रहरी कार्यालयमा धावा  बोलेपछि यो दुर्घटना भएको बताइन्छ । 

यो घटनापछि अवस्थालाई सामान्य बनाउन स्थानीय सरकारी अधिकारीले गाउँलेसँग वार्ता थालेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.