असईको परीक्षाफल प्रकाशित, को–को भए पास ?
नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई)का लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको हो । गत असार २३ गते खोलिएको विज्ञापनअनुसार गत मंसिर ४ देखि ६ गतेसम्म लोकसेवा आयोगले परीक्षा लिएको थियो ।
नतिजा प्रकाशित गरेसँगै प्रहरी प्रधान कार्यालयले स्वास्थ्य परीक्षणका लागि प्रवेश पत्र र सक्कल नागरिकताको प्रमाणपत्रसहित आगामी वैशाख १२ र १३ गते नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपस्थित हुन आग्रह गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...