-->
सिंहदरवारमा आन्दोलनरत कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडौँ, आधिकारिक कर्मचारी ट्रेड युनियनको निर्वाचन प्रक्रिया विरुद्ध आन्दोलनरत केही कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले आगामी वैशाख १० गतेका लागि तोकेको निर्वाचन विरुद्धमा सिंहदरवारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरिरहेका चार निजामति कर्मचारी सङ्गठन आबद्ध ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Trade

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्मुम्न कार्कीले दश जना कर्मचारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले कर्मचारीहरु तोडफोडमा उत्रिएका कारण पक्राउ गर्नु परेको बताउनुभयो ।

tr
कर्मचारी संयुक्त सङ्घर्ष समितिका प्रवक्ता प्रभासप्रसाद साहले भने १८ जना कर्मचारीलाई पक्राउ गरिएको र उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको बताउनुभयो ।

कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतको सीमा राख्न नहुने भन्दै एकीकृत नेकपा( माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेकपा(क्रान्तिकारी माओअवादी) निकट राष्ट्रिय कर्मचारी सङ्गठन, मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठन आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र भने थ्रेसहोल्ड राख्नुपर्ने र तोकिएकै समयमा निर्वाचन हुनपर्ने पक्षमा छन् । यसअघि आजलाई निर्वाचन गर्ने भनिएकामा समयअभावका कारण आगामी वैशाख १० गतेलाई सारिएको थियो ।

यसैबीच, प्रदर्शनको तस्बिर लिने क्रममा प्रहरीले फोटो पत्रकार कविन अधिकारीलाई दुव्र्यवहार गरेको थियो ।
रासस

 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.