२८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्र छाडिएका कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ ।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनका समयमा समस्या उत्पन्न गराएकाले व्यवस्थापन गर्न लागिएको महानगरपालिकाले उल्लेख गरेको छ । सिंहदरबारको कुकुरको व्यवस्थापनको काम सकेपछि उपत्यकामा रहेका अन्य कुकुरको व्यवस्थापन सुरु हुनेछ ।
‘कुकुर पाल्ने र बुढो एवम् बिरामी भएपछि त्यसलाई सडकमा छाड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।
तीन करोड ५० लाख खर्च लाग्ने
कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सहभागिता रहनेछ । अभियानका लागि झन्डै तीन करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरको बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररूपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताइएको छ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । तथ्याङ्क लिने क्रममा रेबिज रोग लागेको नलागेको र अन्य रोगसमेत छ छन् भन्ने कुरा पनि समावेश गरिने बताइएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...