आज बसेको संबैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
सिफारिससँगै कार्की पहिलो प्रधानन्यायाधीश बन्ने भएकी छिन् । सिफारिसपछि अब संसदीय सुनुवाई हुने र त्यसपछि राष्टपतिले प्रधानन्यायाधीकमा नियुक्त गर्ने कानुनी प्रावधान छ । ३० चैतदेखि वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास पाउँदैछन् ।
संबैधानिक परिषदको सिफारिसपछि कार्कीले नेपालको न्यायिक इतिहास रच्ने भएकी छिन् । उनी पहिलो महिला प्रधानन्यायाधीश बन्ने भएकी छिन् । २०३५ सालमा न्याय सेवामा प्रवेश गरेकी कार्की २०६५ सालमा सर्वाेच्च अदालतकी अस्थायी न्यायाधीश भएकी थिइन । अस्थायी भएको दुई बर्षपछि उनी स्थायी भएकी थिइन ।
न्यायाधीश कार्कीले गरेका न्यायिक फैलाहरु चर्चित र विवादित दुवै छन् । सार्वजनिक पदमा रहँदा अकुत सम्पति आर्जन गरेका जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेल पठाउने उनको सवैभन्दा चर्तित फैसला हो । कार्की पहिलो संविधानसभा विघटन गर्ने मध्येकी एक न्यायाधीश पनि हुन् ।
उनी निडर भएर फैसला गर्न सक्ने क्षमताकी न्यायाधीश भएपनि महिलाका मुद्दामा भने उनी विवादित बनेकी छिन् । चितवन जिल्ला अदालत हुँदै सर्वाेच्च अदालतमा आएको एक नाता प्रमाणित मुद्दामा उनले बिज्ञानलाई पनि चुनौति दिएकी थिइन । विवाहविना नै एक युवतीबाट बच्चा जन्मिएको थियो । उक्त बच्चाको नाता प्रमाणितको माग गर्दै मुद्दा सर्वाेच्च अदालतमा पुगेको थियो । बच्चाको डीएनए परिक्षणमा आरोपित युवकसँग नमिले पनि चिउडी मिल्यो भन्दै फैसला दिएकी थिइन ।
0 comments
प्रतिक्रिया दिनुहोस्...