-->
विदेश जाँदा लाग्ने रोजगारी सेवा शुल्क दोब्बर

काठमाडौं, २४ चैत
खाडीका ६ मुलुक (साउदी अरब, कुबेत, बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स, कतार) र मलेसिया जाने कामदारसँग मेनपावर एजेन्सीले लिन पाउने सेवा शुल्क दोब्बर गर्ने तयारी भएको छ । हाल १० हजार तोकिएको सेवा शुल्क बढाएर २० हजार पुर्याउने तयारी भएको हो ।



सरकारले गत २१ गते निःशुल्क भिसा र टिकटको नियम लागू गर्दै सेवा शुल्क प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको थियो । श्रम तथा रोजगार मन्त्रालयले मेनपावर व्यवसायीको दबाबसामू झुक्दै सेवा शुल्क दोब्बर गर्ने तयारी गरेको मन्त्रालयसंम्बद्ध स्रोतले बतायो । आजको नागरिक दैनिकमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.