खुल्यो तातोपानी नाका
भुकम्पपछि चीनको खासा गोदाममा रहेको नेपाली व्यापारीहरुको सामाग्री नेपाल पठाउन चिनियाँ पक्ष तयार भएसंगै तातोपानी नाका खुलेको छ ।
चीनियाँ पक्षले आइतबारदेखि सामग्री पठाउन तयार भएपनि स्थानीयबासीले नाकामा आन्दोलन गरेपछि नेपाली व्यापारीहरु सामग्री लिन जान पाएका थिएनन् ।
नेपाल हिमाल सीमापार बाणिज्य संघको पहलमा आन्दोलनरत स्थानीयबासीसंग कुरा मिलेपछि २५ वटा कन्टेनर खासा गएको सीमापारका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिनुभयो ।
खासामा रहेको सामग्री लोड अनलोड गर्न स्थानीयलाई पठाउने, तातोपानी नाका सञ्चालनको लागि पहल गर्ने लगायतका सहमति भएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका थिए ।
एक वर्षदेखि ठप्प रहेको नाका आजदेखि नै सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । खासामा नेपाली व्यापारीहरुको अरबौको सामाग्री एक वर्षदेखि अलपत्र थियो । यो सामाग्री ल्याउदा झण्डै ९० करोड राजस्व संकलन हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...