-->
आधुनिक रेलमा गुडेको सपना देख्नुहोस्ः ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै आधुनिक रेलमा गुडेको सपना देख्न आम नेपाली जनतालाई आह्वान गरेका छन् । 
 
मंगबार साँझ सम्बोधनक क्रममा ओलीले भने, 'तराईमा पूर्वदेखि पश्चिमसम्म रेल गुडाउने सरकारको सपना छ । अब प्रत्येक नेपालीले आधुनिक रेलमा सयर गरेको सपना देख्नुपर्छ ।' 
 
जनताले आधुनिक रेलमा गुड्न देखेको सपना सरकारले साकार बनाएरै छाड्ने ओलीले बताए । 'हामी सधैँ जनताको खुशी र देशको विकासका लागि सक्रिय छौँ । जनताको सपना साकार पार्नु नै सरकारको प्राथमिकता हो ।'
 
ओलीले नेपालको हवाई यात्राको सञ्जाललाई समेत व्यापक सुधार गर्ने उल्लेख गरे । ओलीले आधुनिक नेपाल निर्माणका लागि एक वर्षभित्रमा लोडसेडिङ अन्त्य दुई वर्षभित्र चाहेजति विद्युत उपलब्ध गराउने घोषणा गरे । 
 
सबै सहरमा विद्युतीय सवारी साधन 
देशवासीका नाममा सम्बोधन गर्दै ओलीले प्रत्येक सहरमा विद्युतीय सवारी साधन गुड्ने बताए । उनले सरकारले अब विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उल्लेख गरे । 

ओलीले इन्धन अभावको समस्या समाधानका लागि विद्युतीय सवारी साधनलाई सरकारले प्रथमिकतामा राख्ने प्रष्ट पारे । 
 
ओलीले देशको आर्थिक विकासका लागि तराईमा हरित क्रन्ती, श्रमको सम्मान र कृषिलाई आयमूलक क्षेत्रको रुपमा विकास गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । 
 
ओलीले कुनै एसियाली मुलुक पछाडि परे एसियाको शान्ति र समृद्धिको सपना पछि पर्ने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने कुरामा आफूले भारत र चीन भ्रमणमा जोड दिएको बताए । 
 
गरिबी र शान्ति सँगसँगै जान नसक्ने बताएको सम्झदै ओलीले सम्बोधनमा भने, 'सहकार्यमै भविष्य छ । एसियाली रंगमञ्चमा हाम्रो उचाई वा विश्वकै रंगमञ्चमा हाम्रो हाम्रो उचाई त्यत्तिबेलामात्र उचो हुन्छ जतिबेला हाम्रो सामाजिक र आर्थिक उचाइ माथि पुग्छ ।'
 
ओलीले सम्बोधनका क्रममा चीनसँगको सम्झौताले एक मुलुकसँगको नेपालको  परनिर्भित समाप्त भएको उल्लेख गरे । 
 
भारत र चीनसँगको सहकार्य र सम्झौताबाटै नेपालको विकास हुने भन्दै ओलीले भने,'यो सरकार दुई छिमेकी मित्र राष्ट्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ । भारत र चीनसँग भएका सहमति र सम्झौताका आधारमा पूर्वधार निर्माणको कार्य तिब्रताका साथ अघि बढ्छ ।'



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.