काठमाडौँको सुनधारामा भिषण आगलागी
सुनधाराको डान्सबारमा आगलागी भएको छ । मंगलबार साँझ डान्सबारको भान्सा कोठाबाट आगो सल्किएको थियो ।
सिर्फुल होटलभन्दा माथि पाँचौ तलामा रहेको डान्सबारमा अकस्मात आगो लागेको हो ।
आगलागीबाट मानवीय क्षति नभएपनि अन्य बस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा ल्याएका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरेले प्रारम्भीक अनुसन्धानका क्रममा जेनेटरमा पेट्रोलियम पदार्थ राख्न खोज्दा आगो सल्किएको जानकारी प्राप्त भएको बताए ।
उनले मानवीय क्षति नभएको जानकारी दिंदै तीन वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको बताए ।
अकस्मात ठूलो आवाजसहित आकासमा धुवाको मुस्लो देखेपछि सुन्धारा क्षेत्रको वातावरण केही समय त्रसित बनेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...