-->
दस दिनकी सुत्केरी सन्तान छोडेर सडकमा माग्दै

आफ्नै गर्भमा हुर्काएको सन्तान पनि बेच्न बाध्य आमाहरु काठमाडौंको सडकमा भिख माग्दै, गरीबीले ममता र दुधको साइनोलाई पनि भुत्ते बनाउदै

आफ्नै गर्भमा हुर्काएको बच्चा पनि मानिसले बेच्न सक्छ र ? तर अब यो प्रश्न पनि संवेदनहीन झै बन्ने अवस्था उत्पन्न भएको छ । गरीबी यस्तो श्राप हो जस्ले मानवियताका सबै सवाल र संवेदनाहरुलाई पनि भुत्ते बनाइदिदो रहेछ । यस्तै घटनाको साक्षी भेटिइन मंगलबार राजधानीको सडकमा ।

सुन्दा अचम्म लाग्छ तर सत्य तितो नै हुन्छ एक आमाले आफ्नो सन्तानलाइ गरिबीकै कारण सात हजारमा बेचेको बताएकी छिन् । सडकमा बर्षौ देखि मागेर बस्ने अपांग समेत रहेकी उनी तीन सन्तान कि आमा भए अहिले उनको कोख लगभग रित्तो छ ।  एउटा खुट्टा दुर्घटनामा गुमाए पछि कास्की जिल्लाबाट काठमाण्डौ आएकी उनले गरिबीकै कारण आफ्नो सन्तान बेचेको बताएकी छन् ।

कास्की जिल्ला घर भएकी फुलमाया नाम बताउने एक अपांग महिला जो बर्षौ देखि सडक मा मागेर गुजारा चलाउँछिन् । उनले आफ्नो ३ बच्चालाई गरीबीकै कारण तितरबितर पारेर आफुले सडकमा मागेर बसेको दुःख पोखिन् । ४ बर्ष अगाडि आफुले ३ बर्षको छोरीलाई सात हजारमा बेचेको न्युज २४ संग निसंकोच बताइन ।

काठमाडौंको नेपाल वायुसेवा निगमको कार्यालय सुन्धारा अघि सुन्धारा बर्षौ देखि बस्दै आएकी उनि तिन सन्तान कि आमा हुन् । उनको बिहे कहिले भयो, को संग भयो त्यो समेत उनलाई थाहा छैन तर उनि अहिले तेस्रो पटक सुत्केरी भएको १० दिन भयो । मानौ उनी अरुका लागि बच्चा जन्माइदिने भाँडो मात्र हुन । ममता र दुधको साइनो उनको आवाजमा कँही कतै भेटिदैन ।

चावहिलको गौरीघाटमा उनी साथीको डेरामा बसेको चार बर्ष भयो । उनको साथीले नै उनलाई बिहान सडकमा माग्नका लागि छोड्न आउने र बेलुकी लिन आउने काम उनको साथीले नै गर्दै आएकी छिन् । १० दिनको बच्चा छोडेर आर्थिक अभाब कै कारण उनि सडकमा माग्दै जीवन गुजारा गर्दै आएकी छिन् ।

१० दिनको बच्चा छोडेर सडकमा उठाएको पैसा कहाँ जान्छ त्यो भने उनैलाई पनि थाहा छैन । तर आमाको अर्थ विर्सिएर गरीबीको नाममा नै भौतारिदै आएकी यी महिलाको बारे खोजिनु पर्ने धेरै प्रश्न भने अनुत्तरित नै छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.