मुलुकको राजधानीमा हरेक पल झिलमिल वत्ती हुनुपर्नेमा अध्यारोले गर्दा राति जोकोहिलाई पनि आफु लुटिने खतरा हुने गर्दछ । यिनै र यस्तै कुरालाई ध्यानमा राखेर केहि समय अगाडिदेखि उज्याले सडक अभियानमा लागिपरेको काठमाडौ महानगरपालिकाले राजधानीमा साढे सात हजार सौर्यबत्ती जडान गर्ने भएको छ । स्थानीयबाट आएको निवेदनको आधारमा महानगरलाई झिलिमिली पार्न महानगरपालिका तदारुक्ताका साथ लागि परेको हो ।
सौर्य बत्ती अर्थात सौर्य किरणबाट बालिने बत्ती अहिले काठमाडौँका ठाउँमा ठाउँमा भेटिन्छन् । तर, काठमाडौलाई झिलिमिली पार्न यतिले पुग्दैन । बढ्दो लोडसेडिङका कारण काठमाडौंका मुख्य क्षेत्रमा भन्दा अहिले अहिले टोल–टोलमा सौर्य बत्तीको आवश्यकता खट्किन थालेको छ । साँझ र बिहान काठमाडौका गल्लीमा बढ्दै गएको चोरी र अन्धकारमा चेलीबेटीहरुको अस्मिता लुट्नसक्ने सम्मको भय उत्पन्न भएपछि महानगरपालिकामा अहिले सौर्य बत्ती जडान गर्नको लागि निवेदनको चाङ लागेको छ ।
त्यही निवेदनको आधरामा ९५ करोड रुपैयाको लगानीमा काठमाडौँ महानगरपालिकाले विभिन्न सडकमा सात हजार ६ सय ५३ सौर्य सडकबत्ती जडान गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सथानिय विकास मन्त्रालयले थालेको अभियान अन्तर्गत रहेर महानगरपालिकाले सौर्य बत्ती जडान गर्न लागेको हो । बत्ती जडान अभियानले अहिले महानगरपालिकालाई भ्याइ नभ्याइ भएको छ महानगरअन्तर्गतको भौतिक पुर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिव २०० भन्दा बढि निवेदन आइसकेको र अझै आउने क्रममा रहेको बताउनुभयो । उहाले, निवेदनका अनुसार हेर्ने हो भने ४३ हजार भन्दा बढि सौर्यबत्ती जडान गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।
विद्युतभार कटौतीका समयमा राजधानीलाई उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको हो । बत्ती जडान भएपछि राती आवगमन सहज हुने , दुर्घटना कम हुने र अपराधिक क्रियाकलापमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत , महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नेछ । त्यस्तै विद्यालय, अस्पताल, सार्वजनिक संघसंस्था र सेवामुलक क्षेत्रमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित क्षेत्रले लगानी गर्नुपर्नेछ । सार्क सम्मेलनको समयमा काठमाडौलाई निकै झिलिमिली बनाइएको थियो ।
तर त्यतिखेर जडान गरिएका सौर्य बत्तीहरु एक वर्ष नवित्दै अहिले बल्न छोडिसकेको छ । साधारण मर्मत सम्भार गरे बल्ने अवस्था रहे पनि त्यसतर्फ ध्यान दिने निकायको अभावमा लाखौं मूल्य लगानी परेका बत्तीहरु बेकम्मे बनेको छ । यही अवस्थामा सरकारको उज्यालो सडक अभियान अन्तर्गत महानगरपालिकाले थप्न लागेको नयाँ सौर्य बत्तीको पनि उचित मर्मत कार्य हुनेमा अहिलेबाटै आशंका जन्माइदिएको छ । सरकारले यसका लागि आवश्यक बजेट पास गर्न ढिलाई गरिदिदा र २०७२ को बजेट वर्षको अन्तिममा आएर मात्र पेश गरिदिदा काम गर्न निकै झन्झट हुुने गरेको रेग्मीले बताउँनुभयो ।
लोडसेडिङले आक्रन्त महानगरवासीका लागि सरकारले शुरु गरेको उज्यालो सडक अभियानका लागि सौर्य बत्ती जडान गर्ने खबरले राहत महसुस गराएको छ । तर, त्यसको लागि सरकार योजना बनाउन भन्दा पनि योजना पुरा गर्नमा बढी तदारुक्ताका साथ लाग्नुपर्छ । यसैगरि बिग्रिएका सौर्य बत्तीहरु मर्मत गरेर पुनः बाल्न सकिने अवस्थाका बारेमा जानकारी भएर पनि कानमा तेल हालेर बस्ने प्रवृत्तिको भने अन्त्य हुन आवश्यक छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...