-->
संसद बैठक कक्षमा हुने अभद्र र अशोभनीय व्यवहार रोक्न संसद नियमावली ?

काठमाडौं, चैत २४-व्यवस्थापिका संसद बैठक कक्षमा हुने अभद्र र अशोभनीय व्यवहार रोक्न संसदले तयारी थालेको छ। नागरिक दैनिकमा समाचार छ। बैठकमा सांसदबाटै यस्ता व्यवहार दोहाेरिन थालेपछि संसदले नियमावली नै बनाएर कारबाही गर्न लागेको हो। व्यवस्थापिका संसद नियमावलीले त्यस्ता सांसदलाई निलम्बसहित कारबाही गर्ने अधिकार सभामुखलाई दिएको छ। 


अभद्र तथा अशोभनीय व्यवहार गर्ने सांसदलाई निष्कासन, निलम्बन र हर्जना तिराउनेसहित तीन चरणको कारबाही गर्न सक्ने अधिकार सभामुखलाई तोकिदिएको छ। पहिलो पटक स्पष्ट रुपमा यस्तो अधिकार दिइएको नियमावली बिहीवार समितिबाट पारित हुँदैछ। नियमावलीको परिच्छेद ८ को ‘बैठकमा सुव्यवस्था’ शीर्षकमार्फत सभामुखलाई निष्कासन, निलम्बन र हर्जना गरी तीन चरणको कारबाहीका लागि अधिकार तोकिएको हो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.