जिल्ला प्रहरी कार्यालय पाँचथरले बिहीबार यो पोशाक प्रयोगमा ल्याएको छ। आगामि आईतबारदेखि कार्यक्षेत्रमा जिल्लाका सबै प्रहरी कर्मचारीले नयाँ पोशाक प्रयोग गर्ने पाँचथरका प्रहरी प्रमुख डिएपि कृष्णप्रसाद कोईरालाले बताए। केहीदिन नयाँ पोशकमा सर्वसाधारण झुक्कीन सक्ने ख्याल गर्दै प्रचार प्रसार समेत गरीने उनले बताए। युद्धको समयमा प्रयोग हुने किसिमको पोशाक भन्दा प्रहरीलाई सादा पोशाक नै उपयुक्त देखिएर यो प्रयोगमा ल्याएको बताइएको छ।
हेराैं पाँचथर प्रहरी कार्यालयमा नयाँ पोशाकमा देखिएका प्रहरीका केही तस्बिरः
0 comments
प्रतिक्रिया दिनुहोस्...