-->
परीक्षाकेन्द्रसँगैको छात्रावासमा आगलागी, परीक्षा एकघण्टा ढिला

बेनीः जनप्रिय उच्च मावि दरबाङ परीक्षाकेन्द्र नजिकै आगलागी हुँदा प्रवेशिका परीक्षा एकघण्टा ढिला सुरु भएको छ ।

परीक्षाकेन्द्रसँगै जोडिएको छात्रावासमा बिहान पौने ८ बजे आगलागी भएको थियो । आगलागीबाट मेखबहादुर पुनले व्यक्तिगतरुपमा सञ्चालन गरेको करिब १ सय क्षमताको छात्रावास पूर्णरुपमा ध्वस्त भएको छ । 
 
विहान ८ बजे सुरु हुनुपर्ने परीक्षा आगलागीका कारण ९ बजे मात्रै सुरु भएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले जानकारीले जानकारी दिए ।
 
‘नजिकै आगलागी भएपछि समयमै परीक्षा सञ्चालन गर्ने वातावरण मिलेन, तर नियन्त्रणमा आएपछि परीक्षा सुरु भएको छ’, उनले भने । 
 
उक्त परीक्षा केन्द्रबाट पश्चिम म्याग्दीका करिब १ सय ५० जना विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आगलागीका कारण छात्रावासको भवन सहित लत्ताकपडा, भाँडाकुडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
विद्यार्थी, शिक्षक, प्रहरी र दरबाङबासीले संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको घटनास्थलमा खटेका प्रहरी हवल्दार विक्रम कमरले जानकारी दिए । 
 
शुक्रबार स्वेच्छिक विषयको परीक्षा भइरहेको छ । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन भईरहेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.