नेपालमा ग्यास आपूर्ति गर्न विदेशी कम्पनी इच्छुक
इन्धनमा भारतको मात्र भर गर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेको बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन् ।
भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसनले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ग्यास आपूर्ति गर्ने चाहना राखेको छ ।
नाकाबन्दी खुलेको दुई महिनासम्म पनि उपभोक्तालाई ग्यास पुर्याउन नसकेकोले सरकारले नीतिगत निर्णय गरे अन्य देशबाट पनि ग्यास ल्याउन सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।
अहिलेसम्म मासिक करिब २९ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उर्जा संकट र सहरी संस्कृतिको विकासले उपभोक्ता बढेकाले करिब ३० हजार मेट्रिक टन ग्यासको माग बढेको निगमले जनाएको छ ।
आइओसीकै मूल्यमा तीन देशका कम्पनीले आपूर्ति गर्न सक्ने खड्काले बताए । सरकारले इन्धनमा भारतको विकल्प खोज्ने निर्णय गरेपछि नेपाल आयल निगम र आपूर्ति मन्त्रालयको टोलीले चीनमा गएर त्यहाँको ग्यास कम्पनीको अध्ययन गरेर आएको थियो । नागरिक दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...