-->
गाडीको च्यासिस फेर्ने अवैध धन्धामा पूर्वराज्यमन्त्री

नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शर्माको टोयोटा ल्याण्ड क्रुजर बा २ ख ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

गाडी बनाउने मेकानिकले सडकमा टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले दरवारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।

 

गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लुबुकसमे बरामद गरेको छ । ब्लुबुकमा ‘सांसदको प्रयोजनका लागि’ लेखिएको छ ।

२०५४ जेठ १९ गते बागमती अञ्चल कार्यालयमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लुबुकमा प्रज्ञापनपत्र नम्बर ६७०८ र रजिष्ट्रेशन नम्बर ५६३६६ उल्लेख छ । कानुनतः कुनै पनि सवारीसाधनको इन्धन र च्यासिस नम्बर दर्ता कितावमा जे छ त्यहि उल्लेख हुनुपर्छ ।

पूर्वमन्त्रीको गाडी नम्बर अर्कै गाडी खरिद गरेर च्यासिस नम्बर टास्न लागिएको पाइएपछि अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अचम्मित बनेका छन् ।

कपिलवस्तु तौलिहवाका शर्मा नेपाली कांग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य लडेर हारेका थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.