बेलायती गृहमन्त्री टेरिसा मेले भूकम्प पीडित नेपाली बालबालिका घरेलु कामदारका रुपमा बेलायतमा बेचिने गरेको समाचारप्रति आफु गम्भीर भएको बताउँदै त्यहाँको प्रहरीलाई अनुसन्धान सुरु गर्न आदेश दिएकी छिन् ।
बेलायतबाट प्रकाशित हुने ‘सन’ पत्रिकामा प्रकाशित समाचार अनुसार भारतको पंजाव राज्यमा त्यहाँका अपराधिक समूहहरुले भूकम्पपीडित नेपाली तथा असहाय भारतीय बालबालिकालाई ५३ सय पाउण्डमा सम्पन्न बेलायती परिवारलाई बेच्ने गरेको छ । गार्डीयन पत्रिकाका अनुसार बेलायती मन्त्रीले बालबालिका बेचविखनलाई ‘अत्यन्त घृणित अपराध’ भन्दै त्यहाँको ‘नेसनल क्राइम एजेन्सी’लाई अनुसन्धान गर्न आदेश दिएको हुन् । यस्तो तस्करीबाट नाफा कमाउने अपराधीहरुलाई दण्डित गर्नका निम्ति ‘सन’ पत्रिकाले उसँग भएका बाँकी सुचना र तथ्यहरु प्रहरीलाई प्रदान गर्नुपर्ने बताइन् ।
सोमबार सन पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार असहाय बालबालिकालाई बेलायतका धनि परिवारहरुका निम्ति बेतलवी काम गर्नका निम्ति बेचिन्छ । पत्रिकामा प्राय जसो बेलायतमा बेचिने बालबालिका नेपाली हुने गरेको बताएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...