२०७३ सालमा सार्वजनिक बिदा घट्यो, चाडपर्व र दिवसका अधिकांश बिदा शनिवार
काठमाडाैं, चैत २४- नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ । पर्व, दिवस, जात्रा, जयन्ती, दसैं, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको हो। २०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन्। शनिबार बाहेकका कुल ५१ दिन सार्वजनिक बिदा भए पनि सबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ।तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए।
'केही चाडपर्व एकैदिन परेको र केही शनिबारै परेकाले सार्वजनिक बिदा घट्ने भएको हो,' गाैतमले भने। राजधानी दैनिकमा समाचार छ। २०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ। यो वर्ष ५२ ओटा शनिबार परेका छन्। यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन्। २५ फागुनमा पर्ने महिला दिवसको बिदा सबैलार्इ दिइएको छ। ११ बैशाखमा दिइँदै अाएको लोकतन्त्र दिवसको विदा असोज ३ मा जारी गरिएको संविधान दिवसका लागि दिइएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...