सिंहदरबारभित्रै फोटो पत्रकार अधिकारीमाथि प्रहरीको कुटपिट
सिंहदरबारभित्रै प्रहरीले फोटो पत्रकार कविन अधिकारीलाई कुटपिट गरेको छ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको वैशाख १० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न माग गर्दै सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका कर्मचारी आन्दोलनको तस्वीर खिच्न पुगेका फोटो पत्रकार अधिकारीमाथि प्रहरीले कुटपिट गरेको हो।
आन्दोलनकारीलाई नियन्त्रणमा लिएकोमात्रै तस्वीर खिचेको भन्दै प्रहरीले कुटपिट गरेको पीडित पत्रकार अधिकारीले जानकारी दिए। प्रहरीले आन्दोलनको फोटो किन खिचेको भन्दै पत्रकार अधिकारीमाथि लाठीले प्रहार गरी घाइते बनाएका हुन्।
प्रहरीको कुटाइबाट अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ। उनको बुद्धनगरमा रहेको ह्याम्स अस्पतालमा उपचार भइरहेको फोटो पत्रकार श्रीधर पौडेलले जानकारी दिए।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सरकारमा रहेको दल एमाओवादीसहित मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मधेसवादी दल निकटका कर्मचारीहरु काम नै छोडेर आन्दोलनमा उत्रिएका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...