ह्याट्रिकसँगै रोनाल्डोले बनाए दुई नयाँ रेकर्ड
रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई नयाँ रेकर्ड बनाएका छन्। च्याम्पियन्स लिग फुटबलको गएराति सान्टियागो बर्नबाउमा भएको दोस्रो लेगमा उल्फबर्गविरुद्ध ह्याट्रिक गर्दै रियल मड्रिडलाई सेमिफाइनल पुर्याएका रोनाल्डोले च्याम्पियन्स लिगमा दुई नयाँ रेकर्ड कायम गरेका हुन्।

पहिलो लेगमा २–०ले पराजित भएर च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिने खतरामा रहेका बेला रोनाल्डोले टोलीलाई त्यसबाट बचाउँदै सेमिफाइनल पुर्याउने क्रममा उनले च्याम्पियन्स लिगमा लगातार दुई सिजन १५ भन्दा बढी गोल गर्ने पहिलो खेलाडीको सूचीमा नाम दर्ता गरेका छन्। गत सिजन पनि रोनाल्डोले च्याम्पियन्स लिगमा १७ गोल गर्दै नयाँ रेकर्ड कायम गरेका थिए। यो च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्म १६ गोल गरिसकेका छन्।

यस्तै रोनाल्डोले एकै सिजन च्याम्पियन्स लिगमा तेस्रो ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन्। रोनाल्डो अहिलेसम्म च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्।

उनले अहिलेसम्म ९३ गोल गरेका छन् भने उनी पछि बार्सिलोनाका लियोनल मेसी छन्। मेसीले अहिलेसम्म ८३ गोल गरेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...