पोर्चुगल तथा रियाल मड्रिडका स्टार रोनाल्डोको कमाइ ६ करोड ७४ लाख युरो रहेको छ भने बार्सिलोना नेइमारले ४ करोड ३५ लाख युरो कमाउँछन्। तीन वर्षयता मेसी, रोनाल्डो र नेइमार सबैभन्दा धेरै कमाउनेको शीर्ष तीन स्थानमा कायम छन्।
फ्रान्स फुटबल म्यागजिनले खेलाडीको कर अघिको तलब, प्रायोजकबाट प्राप्त रकम र अन्य लाभांशलाई आधार मानेर यो सूची प्रकासित गरेको हो।
फ्रान्समा सबैभन्दा धेरै कमाउनेमा अर्जेन्टिनी एन्जेल डी मारिया छन्। उनले २ करोड ४० लाख कमाउँछन्। गत सिजनमात्र उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका हुन्। डी मारियाले पिएसजीका सहयात्री थियागो सिल्भा र याल्टन इब्राहिमोभिचलाई थोरैले मात्र पछि पारेका हुन्।
गत डिसेम्बरमा चेल्सीबाट बर्खास्त हुनुका बावजुद जोजे माउरिन्हो सबैभन्दा धेरै कमाउने प्रशिक्षक बनेका छन्। उनको कमाइ २ करोड ४० लाख रहेको छ। माउरिन्होपछि धेरै कमाउनेमा पेप ग्वार्डिवला र फाबियो कापेलो रहेका छन्।
धेरै कमाउनेमा मेसी अगाडि
पेरिस- अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसी सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फ्रान्स फुटबल म्यागजिनका अनुसार उनले वर्षमा ७ करोड ४० लाख युरो कमाउँछन्। गत वर्षको कमाइमा ९० लाख युरो वृद्धि गरेका मेसीले क्रिस्टियानो रोनाल्डो र नेइमारलाई पछि पारेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...