-->
नयाँ वर्षको पहिलो दिन भेडेटारमा पर्यटक सोचेभन्दा बढी भित्रियो

धनकुटा–पुर्वाञ्चलको पर्यटकीय स्थल भेडेटारमा नयाँ वर्ष २०७३ सालको पहिलो दिन भेडेटारवासीले सोचेभन्दा बढी पर्यटक भित्रिएको छ ।

पूर्वमा अत्याधिक बढेको गर्मीलाई छल्न र नयाँ सालको पहिलो दिन नयाँ वर्ष मनाउन मन मिल्ने साथी, क्लब, संस्था र परिवारका सदस्यको गुरुपको आगमन हुँदा भेडेटारमा गत सालभन्दा बढी आगन्तु पर्यटकहरु आएका हुन् ।

धनकुटवालाई विश्व भरी चिनाउने ऐतिहासिक धरोहरको रुपमा रहेको एकमात्र ‘भ्यू टावर’ गत साल यहि महिनामा गएकोे विनासकारी भूकम्पले टावरलाई पूर्ण रुपमा क्षति पु¥याएसगैं भेडेटारमा आउने पर्यटकको आगमनमा गिरावट आएको थियो ।

०७२ सालको आगमनसँगै विनासकारी भूकम्प तराई मधेश आन्दोलन, नाकाबन्दी जस्ता विभिन्न समस्याले होटल तथा अन्य व्यवसाय सञ्चालनमा अवरोध पुगेको थियो । पूर्वको प्रवेशद्रार भनेर चिनिने धनकुटा जिल्लाको पर्यटकीय स्थल भेडेटारमा केही महिनादेखि विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको होटल एशोसिशन, भेडेरटारका अध्यक्ष लिलाराज लावतीको भनाई छ ।

पेट्रोलियम पदार्थको समस्यले पर्यटकहरु आउन चाहेपनि अगाडीका दिनमा रोकिने गरेको र तेल सहज रुपमा पाउन थालेपछि पर्यटक आउन थालेको लावतीले जानकारी दिए । पर्यटक नआउँदा होटल व्यवसायीदेखि अन्य व्यवसायीले समेत नोक्सान बेहोर्नु बाध्य भएको थियो भने नयाँ सालको पहिलो दिनमा भित्रिएका पर्यटकले भेडेटारका व्यवसायीलाई केही राहत मिलेको अध्यक्ष लावतीले बताए ।

12999482_225245677836899_2128300861_o


०७३ सालको पहिलो दिन भेडेटारका साना व्यवसायीले ८० हजारदेखि १ लाख र ठूला व्यवसायीले २ लाख ५० हजारदेखि ३ लाखसम्मको कारोबार गरेको लावतीको भनाई छ । गएको वर्षहरुमा भन्दा १० प्रतिशतले यस पटक पर्यटक भित्रिएका कारण केही समय भेडेटार र सिम्सुवा नमस्ते झरना आसपासमा पर्यटकहरुलाई आवतजावत गर्न समस्या भएको उनले बताए ।

यति धेरै पर्यटकहरु आउँछन् जस्तो लागेको थिएन् तर हामीले सोचेभन्दा बढी पर्यटकहरु भित्रिए लावतीले भने । यस वर्षा नयाँ सालको अवसर पारे भेडेटार र सिम्सुवा नमस्ते झरनामा गरी २० हजारदेखि २५ सम्म पर्यटकहरु भित्रिएको होटल एशोसिशन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

अरु बेला नोक्सान बेहोरेका व्यवसायीलाई यो नयाँ सालको १ गतेले केही सहयोग पु¥याएको बताउँदै यस वर्ष होटल एशोसिशन भेडेटारको पहलमा भेडेटार आएका पर्यटकहरुलाई थप मनोरञ्जन दिलाउने उद्देश्यले सांस्कृति कार्यक्रमको समेत आयोजना गरिएको सचिव राईले जानकारी दिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.