पानीको संकटले आईपीएल महाराष्ट्रबाट 'आउट'
एजेन्सी: मुम्बई उच्च अदालतले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई निर्देशन दिँदै ३० अप्रिलपछि हुनेवाला आईपीएलका सबै खेल महाराष्ट्रबाट बाहिर सार्न भनेको छ ।
समाचार एजेन्सी पीटीआईले मुम्बई उच्च अदालतको यस फैसलाबारेमा जानकारी दिएको हो ।
समाचार एजेन्सीका अनुसार बुधवार भएको सुनुवाईका क्रममा महाराष्ट्र सरकारले यदि पिउने पानीको दुरुपयोग भएको छैन भने आईपीएललाई अन्य राज्यमा स्थानान्तरण गर्नुको कुनै तुक नहुने जिकिर गरेको थियो ।
एक गैर सरकारी संगठन लोकसत्ता आन्दोलनले जनहित याचिका दायर गर्दै राज्यमा खडेरीका बाबजुत स्टेडियममा भारी मात्रामा भइरहेको पानीको खर्चलाई चुनौती दिएको थियो ।
यसबारेमा सुनवाई गर्दै मुम्बई उच्च अदालतले महाराष्ट्रमा भयानक जल संकट रहेकाले आईपीएलका मुम्बई, पुणे र नागपुरमा हुनेवाला खेललाई त्यहाँबाट बाहिर सार्न भनेको हो । तर त्यसको केहीपछि मुम्बईमा पहिलो खेल गर्ने अनुमति अदालतले दिएको थियो ।
बीसीसीआई भने क्रिकेट स्टेडियमलाई खेल्न योग्य राखिरहन जमिनबाट तानेर जम्मा गरि उपचार गरिएको पानी प्रयोग भइरहेको जनाएको थियो ।
अदालतको यो आदेशपछि इन्डियन प्रिमियर लीग (आईपीएल) आगामी १३ म्याचमा प्रभाव पर्नेछ । जारी आईपीएलको फाइनल म्याच पनि महाराष्ट्र राज्यभित्र नहुने भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...