-->
अब सिंहदरबार केन्द्रित आन्दोलन हुने राजेन्द्र महतोको चेतावनी

वीरगन्ज, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाखदेखि गर्ने भनिएको आन्दोलन अब नाका केन्द्रित नभई सिंहदरबार केन्द्रित हुने बताउनुभएको छ ।


“हामीले वार्ता र संवादबाट समस्याको निकास खोज्न चाहेका छौँ, तर सरकार गैरजिम्मेवार छ, जनताले अप्ठ्यारो भोगेको आन्दोलनको सम्बोधन गर्नुपर्छ भन्नेभन्दा पनि बल प्रयोग गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ” – आज यहा“ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहा“ले भन्नुभयो ।

उहाँले थप्नुभयो – “सर्वसाधारणलाई अप्ठ्यारो नपर्ने तर सरकारलाई बढी असर पर्ने सिंहदरबार केन्द्रित आन्दोलनको तयारीमा जुटेका छौँ ।”

मधेस आन्दोलन तुहिएको वा सकिएको नभई त्यसको स्वरुप मात्र फेरिएको र वैशाखदेखि त्यसलाई नयाँ स्वरुप दिइने उहाँको भनाइ थियो । रासस



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.