-->
यसरी सम्भव भयो देउवाको दुईतिहाइ

काठमाडौं – कांग्रेस विस्तारै बहुपदमा गए पनि मूलतः केन्द्रीकृत नेतृत्वको परम्परा भएको पार्टी हो जसमा सभापति जहिले पनि शक्तिशाली हुन्छन् । कांग्रेसको यही परम्पराका कारण सुशील कोइरालाजस्ता सरल नेता पनि शक्तिमान बनेका छन् । अहिले देउवा सभापति भएपछि उनको शक्तिले संसदीय दलको मतदान पनि प्रभावित गर्यो । 

महाधिवेशनमा पुरानो संस्थापनलाई विभाजित गराएर देउवाको जित सुनिश्चित गराएको सिटौलाले संसदीय दलको निर्वाचनमा देउवालाई मत मात्रै हालेनन्, देउवाको विश्वास जित्नेगरी मिहिनेतसमेत गरे । त्यस्तै महाधिवेशनदेखि नै देउवातिर लागेका अर्जुननरसिंह केहीले दलमा देउवालाई जिताउन मिहिनेत गरे । 

अर्को कारणमा देउवाका नयाँ सहयोगीहरु धेरै सक्रिय हुनु हो । सुशील कोइरालाका भाइ अशोक र सुशीलका विश्वासपात्र चिनकाजी श्रेष्ठसम्मले पनि देउवालाई मत हाले । त्यस्तै फरमुल्लाह मन्सुर प्रस्तावक र पद्यनारायण चौधरी समर्थक बसिदिए । अरु जसले पुरानो संस्थापन छाडेका थिए उनीहरु देउवाको मनमा पनि शंका नरहोस् भनेर खुलेरै सक्रिय भए । मतदाता नै सक्रिय हुँदा देउवालाई फाइदा भयो । 

पुरानो दलका नेताहरुले १३ औं महाधिवेशनमा नै १४ औं महाधिवेशनलाई ध्यान दिए । अर्को महाधिवेशनमा आफू नै सर्वेसर्वा हुने रणनीतिअनुसार आफू लाई समर्थन गर्ने कमजोर उम्मेदवारहरुलाई पनि समूहमा राखे । ती कमजोर उम्मेदवारले जित्न सकेनन् । तर तिनका कारणले चिढिएकाहरुले पौडेललाई कमजोर बनाउन देउवालाई बलियो बनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.