म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइलनमा
वैशाख १ – इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–० ले हराउँदै समग्रमा ३–२ को जितसहित अन्तिम चारमा पुगेको हो ।
सिटीलाई जिताउन केविन डी ब्राउनले ७६ औं मिनेटमा निर्णायक गोल गरे । घरेलु मैदानमा भएको खेलमा सिटीले फ्रेन्च च्याम्पियन पिएसजीलाई निराश बनाएको हो । पेरिसमा भएको पहिलो लगेमा सिटी र पिएसजीले २–२ को बराबरी खेलेका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...