-->
डोटीमा जीप दुर्घटना : ८ को मृत्य, ७ घाइते

डोटी, वैशाख १ – डोटीको जिजोडामाडौं–३ खाणमा मंगलबार राति जीप दुर्घटना हुँदा ८ को ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । डोटीको बानिडुब्रीसैनबाट उच्चाकोटका लागि छुटेको ना ४ ख ३२९४ नम्बरको जीप मंगलबार राति साढे ८ बजे खाणमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ ।

जिजोडामाडौं–८ की ५२ वर्षकी सावित्री पन्त, ६१ वर्षका  गणेशराज पन्त, ५५ वर्षकी गुन्डी पन्त, ७२ वर्षका डा. जयराज पन्त, ५९ वर्षका केशबराज पन्त, ३६ वर्षकी हरिनादेवी टमटाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै चालक बनलेक–१ का ४५ वर्षका तेजबहादुर बलायर तथा जिजोडामाडौं–८ की १५ वर्षकी जानकी टमटाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटो मै ज्यान गएको हो । 
घाइते हुनेमा जिजोमाडौं–८ की १२ की लक्ष्मी नेपाली, ३८ वर्षका धनबहादुर टमटा, २२ वर्षका अमित टमटा, ३८ वर्षकी कलावती टमटा, ५४ वर्षकी नर्मदा पन्त, ३२ वर्षका गौरव पन्त तथा धौली टमाटा रहेका छन् । घाइते केहीको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई डडेल्धुरा उपक्षेत्रीय अस्पताल र कैलाली तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

साघुँरो सडक तथा गाडीले क्षमता भन्दा बढी यात्रु बोकेका कारण  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख (एसपी) दिल्लीराज विष्टले बताउनुभयो । उहाँले भन्नु भयो ‘अत्यन्तै साघुँरो सडक रहेछ, त्यसैमा पनि १५ जना यात्रु र तिनको सामान बोकेको देखीन्छ, गाडीले भार धान्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.