त्रिवि केन्द्रीय क्यापसका विद्यार्थीलाई नेपाल र नामिबियाबीचको खेल हेर्न छुट
आगामी शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको खेल टिकटमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको टिकट बिक्री तथा व्यवस्थापन गरिरहेको ईसेवा फोन पे प्रालिले जनाएको छ ।
विद्यार्थी छुटको टिकट लिन विद्यार्थीले बुधबार बेलुका ५ बेजे कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा आफ्नो विद्यार्थी परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने ईसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...