काठमाडौं, १ वैशाख । इन्धनमा भारतको मात्र भर पर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेका बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन् ।
भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ग्यास आपूर्ति गर्ने चाहना राखेका हुन् ।
नाकाबन्दी खुलेको दुई महिनासम्म पनि उपभोक्तालाई ग्यास पुगाउन नसकेकोले सरकारले नीतिगत निर्णय गरे अन्य देशबाट पनि ग्यास ल्याउन सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।
अहिलेसम्म मासिक करिब २९ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उर्जा संकट र सहरी संस्कृतिको विकासले उपभोक्ता बढेकाले करिब १० हजार मेट्रिक टन ग्यासको माग बढेको निगमले जनाएको नागरिक दैनिकले समाचार छापेको छ ।
दाउराको प्रयोग घट्दै गएको र बिजुली पर्याप्त आपूर्ति नभएको बेला ग्यास प्रयोगकर्ता बढडैकाले बजारमा किरब ४० हजार मेट्रिक टन ग्यास आवश्यक देखिएको हो ।
ग्यास आपूर्ति गर्न यी देशले इच्छा देखाए, भारतले मान्ला ?
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...