-->
ज्ञानेन्द्र बोले- वर्तमान शासकीय शैलीले देश कमजोर भयो

काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिदै वर्तमान शासकीय शैलीले देश कमजोर भएको बताएका छन् । 
 
मंगलबार विज्ञप्ति मार्फत नयाँ वर्ष २०७३ को शुभकामना दिदै ज्ञानेन्द्रले भनेका छन्, 'राज्य संयन्त्रलाई व्यक्तिगत लाभामा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको छ ।'

ज्ञानेद्रले शुभकामना सन्देशमा देश र विदेशमा रहेका समस्त नेपालीको सुख, शान्ति र समुन्नतीको कामना समेत गरेका छन् । '२०७२लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आइपुगेका छौँ । नव वर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेबसेका समस्त नेपालीमा सुख, शान्ति र समुन्नतीको लागि कामना गर्दछु,' शुभकामना सन्देशमा भनिएको छ । 
 
ज्ञानेन्द्रले देशको अवस्थाबारे चिन्ता व्यक्त गर्दै पौराणीक कहानीलाई समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले राष्ट्र सम्बन्धी अवधारणा नै कमजोर भएको भन्दै सन्देशमा लेखेका छन्, ‘राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्ण बीचको फाटो नोक्सानदायी भइसकेको छ ।' 
 
उनले नेपालीलाई नेपालमा दह्रो खुट्टा टेक्नेगरी देशभक्तलाई समेटेर अघि बढ्नुपर्ने समेत बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, 'स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपालीलाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीनता प्रमुख रओस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तलाई समेटेर अगाडि बढ्नु आवश्यक भइसकेको छ ।'
शुभकामना सन्देशको पूर्णपाठ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.