-->
दलित महिला भएकै कारण नियुक्ति रोकियो

वीरु दर्नाल, बाहुनडाँगी,  - झापा बाहुनडाँगीकी एक दलित महिला रोजगारी पाउनबाट बन्चित भएकी छिन् । स्थानीय स्वास्थय चौकीमा खाली रहेको पियन पदको दरबन्दी आव्हान भएकोमा उनले निवेदन दिएकी थिइन् । सफल पनि भइन् । बधाईको ओइरो आउन थाले । तर उनको त्यो बधाई धेरै दिन टिक्न सकेन । कारण थियो उनको नियुक्ति रोकिनु ।

 

आर्थीक अवस्था कमजोर र स्थानीय भएकै कारण कर्मचारी छनौट समितिले भिमकुमारी विश्वकर्माको नाम सिफारिस गर्यो । ८ हजार ३ सयको सेवा सुविधामा काम गर्ने सहमति सहितको फायल जिल्ला जनस्वास्थ्य कार्यालय पठाइयो । भिमकुमारीको नाम सिफारिस भएको खबरसँगै उनको सिफारिस बदर गरी पाउँ भनी केहि स्थानीयको हस्ताक्षर सङ्कलन भएको समेत त्यहाँका कार्यालय प्रमखले देखाए ।

 

त्यसैवीच केहि प्रकृया अपुुग भएको र पुरा गरेर ल्याउन भन्दै जिल्ला कार्यालयले त्यो फायल  फर्कायो । छनौट समितिले पुनः केहि सच्याएर उनकै नामको सिफारिस पठायो । समय वित्दै गयो , नियुक्ति पत्र आएन ।यसबारेमा बाहुनडाँगी स्वास्थ्य चौकी कार्यालय प्रमुख अभिनन्दनप्रसाद देवसँग बुझ्दा भिमकुमारीकै नाममा नियुक्ति पत्र आउनु पर्छ देवले भनेर आफ्नो बचाउ गरे । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहतालाई टेलिफोन सम्पर्क गरेर बुझ्दा यो कुराको बारेमा प्रशासन प्रमुखसँग कुरा गर्न भने ।प्रशासन प्रमुख देवराज कार्कीलाई सम्पर्क गर्दा यसै सिफारिसको आधारमा नियुक्ति दिए ठुलो विरोध आउन सक्छ ।  यो कुरा भन्न केहि अप्ठ्यारो छ । अझै पनि केहि सच्याएर ल्याउन भनेर फायल फिर्ता पठाएको कुरा कार्कीले बताए ।

 

भिमकुमारीको नियुक्तिलाई बदर गराउन स्थानीय स्वास्थ्य चौकी प्रमुखदेखि जिल्लासम्मका कर्मचारीहरुको षडयन्त्र रहेको स्थानीय दलित अधिकारकर्मीहरुको आरोप छ । सबै प्रकृया पुरा गरेर पनि एक योग्य महिलाले राज्यको निकायमै रोजगार पाउनबाट बन्चित हुनु लोकतन्त्रकै खिल्ली उडाउएको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

 

जातिय विभेदको नाममा घुमाउरो ढंगबाट विभेदको शिकार बनाउन लागिएकोप्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको बताउछन्  एक दलित नेता । अझै पनि राज्यको कर्मचारी तन्त्रबाटै विभेदको नाटक गरिन्छ भने त्यस्ता गलत कृयाकलापको विरुद्ध कडा आन्दोलन गरिने भन्दै एक नेताले आक्रोस व्यक्त गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.