राजधानीमा साझा यातायातका ३० वटा नयाँ बस थपिँदै
चैत २९, काठमाडौं । साझा यातायातले ३० ओटा नयाँ बस भित्र्याउने भएको छ ।
नयाँ खरिद गरेका ३० वटै बस काठमाडौं उपत्यकाका विभिन्न नयाँ रुटमा साउनदेखि सञ्चालनमा आउने भएका छन् । युरो-३ मापदण्डका बस भित्र्याउन साझालाई काठमाडौं महानगरपालिकाले आइतबार ८ करोड रुपैयाँ निकासा दिएको छ ।
नयाँ बस अपाङ्गमैत्री बस किन्न एक हप्ताभित्रै एलसी खोलिने साझा यातायातले जनाएको छ । कम्पनीले एलसी खोलेको १ सय २० दिनभित्र बस दिइसक्ने समझौतामा भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...