-->
महन्थ ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र हो’

काठमाडौं – तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । एउटा राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो , त्इो सबै पूर्ण भएको छ । त्यसैले मधेस एउटा राष्ट्र हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’ तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र बिखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.